२३ मंसिर, काठमाडौं । नेकपा एमाले नेतृ विन्दा पाण्डेले अध्यक्ष केपी ओलीलाई तेस्रो पटक अध्यक्ष नबन्न सुझाव दिएकी छिन् ।
एमालेको ११ औं महाधिवेशन सन्दर्भमा मंगलवार आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्ने क्रममा उनले यस्तो बताएकी हुन् । साथै, उनले महाधिवेशनको अन्तिम समयमा अध्यक्ष ओलीले नयाँ अनुहार अगाडि सार्ने विश्वास समेत व्यक्त गरिन् ।
‘अझैपनि ५ दिन बाँकी छ, मेरो अपेक्षा के हो भन्दा हामी ११ औँ महाधिवेशनको नोमिनेशन गर्ने तहसम्म पुग्ने बेलामा केपी कमरेडले मैले बिदा लिएँ, अब अरु साथीले नेतृत्व गर्नुहुनेछ र मैले साइडमा बसेर, पद छाड्ने भनेको पार्टी छाड्ने होइन,’ उनले भनिन्, ‘पद छाड्ने भनेको साइडमा बसेर आफू भन्दा पछाडिकोलाई मेन्टरिङ गर्ने कुरा हो । लोकतन्त्रमा, त्यसमा पनि यो राजनितिक क्षेत्रमा मेन्टरिङ एकदमै आवश्यक कुरा हो ।’
नेपाली राजनीतिमा पछाडीको नेतृत्वलाई मार्गदर्शन गर्ने परिपाटी अहिलेसम्म नरहेको उल्लेख गर्दै उनले उहाँले अध्यक्ष ओलीले त्यसको मान्यता स्थापित गर्ने विश्वास व्यक्ति गरिन् ।
ओलीकै अगुवाइमा दुई कार्यकाल नेतृत्व र ७० वर्षे उमेरहदको व्यवस्था पार्टीमा आएको स्मरण पनि गरिन् ।
‘…नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने मान्यतालाई स्थापित गर्ने हाम्रो अध्यक्ष केपी ओली आज आफू शीर्ष तहमा पुगेपछि आजिवन त्यो पदमा रहिरहनपर्छ भन्ने खालको स्थिति सोच्नु एकदमै उहाँको आफैँले स्थापित गरेको मूल्य र मान्यता भन्दा गलत कुरा हो,’ पाण्डेले भनिन् ।
प्रतिक्रिया 4