+
+
Shares

प्रधानन्यायाधीशमा सिफारिस भएका शर्मालाई छैन संसदीय सुनुवाइको चुनौती

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २४ गते २१:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गरेको छ र अब संसदीय सुनुवाइ प्रक्रिया पार गर्नुपर्नेछ।
  • रास्वपाको संसदीय सुनुवाइ समितिमा बहुमत भएकाले शर्माको नियुक्तिमा कुनै कठिनाइ हुनेछैन।
  • शर्माले ६ वैशाख २०७६ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति पाएका थिए र ६ वर्षको कार्यकाल प्रधानन्यायाधीश रहनेछन्।

२४ वैशाख, काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका डा. मनोजकुमार शर्माले अब नियुक्तिका लागि संसदीय सुनुवाइको प्रक्रिया पार गर्नुपर्छ ।

संसदीय सुनुवाइ उनका लागि अब चुनौतीरहित छ ।

किनकि संसदीय सुनुवाइ समितिमा रास्वपाको बहुमत छ । रास्वपा संसदीय दलका नेता  समेत रहेका प्रधानमन्त्रीको सिफारिसमा शर्मा बहुमतबाट सिफारिसमा परेपछि अब संसदीय सुनुवाइमा कठिनाइ हुने छैन ।

१५ सदस्यीय सुनुवाइ समितिमा रास्वपाका ८ जना सदस्य छन् । संसदीय सुनुवाइबाट कुनै पनि व्यक्तिलाई अस्वीकृति गर्नका लागि दुई तिहाइ चाहिन्छ । अन्य दलहरूको दुई तिहाइ पुग्दैन ।

अनुमोदन गर्नका लागि भने बहुमतले पुग्छ । समितिमा रास्वपाकै बहुमत रहेकाले शर्मा प्रधानन्यायाधीश बन्नलाई रोक्ने कुनै बाटो छैन ।

नेपालको न्यायिक इतिहासमा वरिष्ठतम न्यायाधीशको साटो रोलक्रमको चौथो क्रममा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो घटना हो ।

६ वैशाख २०७६ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त शर्मा संसदीय सुनुवाइबाट अनुमोदन भएमा पूरै कार्यकाल अर्थात् ६ वर्ष प्रधानन्यायाधीश रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?