+
+
Shares

नीति मन्थन पुन: सुरु गर्दै रास्वपा, विपदबारे छलफल तय

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २५ गते ८:४९
रास्वपा सभापति रवि लामिछाने

२५ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘नीति मन्थन’ कार्यालय पुन: सुरु गर्ने भएको छ ।

पार्टी सभापति रवि लामिछानेको निर्देशन र वैशाख २० गते बसेको केन्द्रीय सचिवालयको बैठकमा भएको छलफलको आधारमा कार्यक्रम पुन: सुरु गर्न लागिएको हो ।

रास्वपाका अनुसार यही वैशाख २७ गते, अपराह्न ३ बजेदेखि ६ सम्म, काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डको सभा हलमा नीति मन्थन कार्यक्रम राखिएको छ ।

यसपटकको कार्यक्रम ‘विपद जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन’ विषयमा हुने रास्वपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?