+
+
Shares

२७ अंक बढ्यो सेयर बजार, कारोबार पनि सुधार

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २५ गते १५:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शुक्रबार नेप्से परिसूचक २७.४९ अंकले बढेर २७४५ अंकमा पुगेको छ।
  • कारोबार रकम ३ अर्ब २८ करोड पुगेको छ जुन बिहीबारको भन्दा बढी हो।
  • त्रिशूली जलविद्युत्को मूल्य १० प्रतिशतले सबैभन्दा धेरै बढेको छ।

२५ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारको परिसूचक सहित कारोबार रकम बढेको छ । नेप्से परिसूचक २७.४९ अंक (१.०१ प्रतिशत) बढेको छ । यो वृद्धिसँगै नेप्से २७४५ अंकमा कायम भएको छ । जुन अंक दिनभरको र साताकै अधिकम अंक पनि हो ।

आज कारोबार खुलेदेखि नै बजारले अन्तिम समयसम्म वृद्धिको लय समात्यो । यसअघि हिजो पनि नेप्से ६.९४ अंक बढेको थियो । समग्रमा यो साता बजार सम्हालिएको छ । गत साता नेप्से परिसूचक २७३८ अंकमा बन्द भएको थियो ।

कारोबार रकममा पनि केही सुधार आएको छ । बिहीबार जम्मा २ अर्ब ९३ करोडको कारोबार भएकोमा आज ३ अर्ब २८ करोडको भयो । २३५ कम्पनीको मूल्य बढेको छ भने जम्मा २६ को घटेको छ । त्यस्तै ८ कम्पनीको मूल्य भने स्थिर रह्यो । व्यापार स्थिर रह्यो भने अरू सबै समूहका सूचक बढेका छन् ।

बैंकिङ ०.६७, विकास बैंक ०.९५, फाइनान्स १.८७, होटल तथा पर्यटन १.४८, हाइड्रोपावर १.७१, लगानी १.१०, जीवन बीमा ०.६२, उत्पादन तथा प्रशोधन १.४०, माइक्रोफाइनान्स ०.१६ तथा अन्य १.१३ प्रतिशत बढे ।

त्रिशूली जलविद्युत्को मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । होटल फरेस्ट इनजको ७.९०, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिकको ६.१२ तथा पियोर इनर्जीको ५.३४ प्रतिशत मूल्य बढ्यो ।

स्वाबलम्बन लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.५४ प्रतिशत घट्यो । त्यस्तै फरवार्ड माइक्रोफाइनान्सको २.४७ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा होटल फरेस्ट इन, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, ङादी ग्रुप र रिडी पावर छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?