News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस रामेछापको कार्यवाहक सभापतिमा नवराज थोकर (तामाङ)लाई जिम्मेवारी दिइएको छ।
- जिल्ला सभापति पूर्णबहादुर तामाङलाई केन्द्रीय अनुशासन समितिले निलम्बन गरेको छ।
- सभापति गगन थापाविरुद्ध तथ्यहीन बोलेको विषयमा चित्तबुझ्दो स्पष्टीकरण नदिएपछि उनलाई निलम्बन गरिएको हो।
२५ वैशाख, काठमाडौं । नेपाली कांग्रेस रामेछापको कार्यवाहक सभापतिमा नवराज थोकर (तामाङ) लाई जिम्मेवारी दिइएको छ ।
जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई केन्द्रीय अनुशासन समितिले निलम्बन गरेको थियो । सभापति गगन थापाविरुद्ध तथ्यहीन बोलेको विषयमा चित्तबुझ्दो स्पष्टीकरण नदिएपछी उनलाई निलम्बन गरिएको थियो ।
सभापति थापाले बिहीबारदेखि थोकरलाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका हुन् । उनलाई पार्टीको १५ औं महाधिवेशनको कार्यतालिका अनुसार सांगठनिक कार्य गर्न दैनिक कामकाज गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4