+
+
Shares

सिन्धुलीमा चट्याङ लागेर एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २७ गते ९:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुलीको दुधौली नगरपालिका-४ पाखाभित्ता बस्ने ७० वर्षीय पूर्णबहादुर बुढाथोकीलाई चट्याङ लागेर मृत्यु भएको छ।
  • बुढाथोकी मकै बारीमा घाँस काट्न गएका बेला बोल्न नसक्ने गरी ढलेका थिए।
  • इलाका प्रहरी कार्यालय डकाहाबाट उद्धार गरी नगर अस्पताल सिर्थौली पठाइएका बुढाथोकीको अस्पतालमा मृत्यु घोषणा गरिएको छ।

२७ वैशाख, काभ्रेपलाञ्चोक । सिन्धुलीमा शनिबार साँझ चट्याङ लागेर एकको मृत्यु भएको छ ।

सिन्धुलीको दुधौली नगरपालिका-४ पाखाभित्ता बस्ने वर्ष ७० को पूर्णबहादुर बुढाथोकीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।

मकै बारीमा घाँस काट्न गएका बुढाथोकी  बोल्न नसक्ने गरी ढलिरहेको अवस्थामा फेला परेका थिए ।

इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरी टोलीले घाइते अवस्थामा उद्धार गरी उपचारको लागि नगर अस्पताल सिर्थौली पठाएकोमा अस्पतालको चिकित्सकले मृत्यु घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?