+
+
Shares

ज्येष्ठ नागरिकको स्थिति बदल्नुपर्छ : ईश्वर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २७ गते १६:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका नेता ईश्वर पोखरेलले ज्येष्ठ नागरिकका ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न चुनौती रहेको बताउनुभयो।
  • पोखरेलले मनमोहन स्मृति प्रतिष्ठानलाई प्रदेश र जिल्लास्तरमा गठन गर्ने जानकारी दिनुभयो।
  • प्रतिष्ठानले व्यवसायिक शिक्षा प्रवर्द्धन र ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा केन्द्रित कार्यक्रम सञ्चालन गर्नेछ।

२७ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले ज्येष्ठ नागरिकका ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न चुनौती रहेको बताएका छन् ।

मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘ज्येष्ठ नागरिकको ज्ञान र सीप हस्तान्तरण’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको समापन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले बदलिँदो समयमा नयाँ पुस्तामा ज्ञान हस्तान्तरण गर्नु सबैभन्दा ठूलो चुनौती रहेको बताउँदै उनले ज्येष्ठ नागरिकको सम्मान र संरक्षण गर्ने दायित्व सबै पक्षको भएको उनले बताए ।

‘ज्येष्ठ नागरिकहरू समाजका सम्पत्ति हुन, ज्ञानका स्रोत हुन् । ज्येष्ठ नागरिकहरूलाई यो परिवर्तित समाजमा जुन स्थिति झेल्नुपर्दैछ, त्यो बदल्नुपर्छ । ज्येष्ठ नागरिक भनेको समाजका ज्ञानको स्रोत र सम्पती हुन । उनीहरूको सम्मान र संरक्षण गर्नुपर्छ,’ पोखरेलले भने ।

पूराना पुस्ताका ज्ञान र विचारलाई नयाँ पुस्तामा लैजान प्रतिष्ठानले कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ । संघीय सरकार, स्थानीय तह तथा विभिन्न संघ–संस्थासँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए ।

उनका अनुसार प्रतिष्ठानले व्यवसायिक तथा प्राविधिक शिक्षाको प्रवर्द्धनसँगै ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा र ज्येष्ठ नागरिक केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्नेछ । नेता पोखरेलले मनमोहन स्मृति प्रतिष्ठानलाई प्रदेश र जिल्लास्तरमा पनि गठन गर्ने जानकारी पनि दिए ।

उनले प्रतिष्ठानलाई व्यवस्थित र प्रभावकारी बनाउँदै लोकतान्त्रिक तथा वामपन्थी आन्दोलनमा योगदान पुर्‍याएका व्यक्तित्वहरूको विचार र योगदानलाई नयाँ पुस्तासँग लैजाने बताए ।

‘हामी संघीय सरकार, स्थानीय सरकार या अरु संस्थासंग सहकार्य गरेर अगाडि बढ्ने बढ्नेछोँ । मनमोहन स्मृति प्रतिष्ठान प्रदेशस्तरमा पनि हामी विधिवत रूपमा गठन गर्दैछौँ । सम्भव भएका जिल्लाहरूमा पनि गठन गर्छौं । यो संस्थालाई व्यवस्थित ढंगले प्रभावकारी ढंगले तीनवटा क्षेत्रमा काम गर्नेछौं,’ उनले भने, ‘लोकतान्त्रिक र वामपन्थी आन्दोलनमा योगदान पुर्याउनुहुनेहरूको विचार र योगदानको बारेमा हामी हाइलाइट गर्छौँ । व्यवसायिक र प्राविधिक शिक्षालाई अगाडि बढाउन चाहन्छौँ । सामाजिक सुरक्षाका क्षेत्रमा खासगरी जेष्ठ नागरिकहरूको विषयमा केन्द्रित भएर आउने दिनमा हामी आफ्ना कार्यक्रमलाई अगाडि बढाउन चाहन्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?