+
+
Shares

अदालतको आदेशपछि पनि डोजर चल्नु गलतः रवि लामिछाने

रास्वपाका सभापति रवि लामिछानेले अदालतको आदेशपछि पनि सुकुमवासी बस्तीमा डोजर चल्नु गलत भएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २७ गते १७:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाका सभापति रवि लामिछानेले अदालतको आदेशपछि पनि सुकुमवासी बस्तीमा डोजर चल्नु गलत भएको बताए ।
  • सर्वोच्च अदालतले सुकुमवासी बस्तीमा डोजर नचलाउन सरकारलाई आदेश दिएको थियो।
  • लामिछानेले सुकुमवासी समस्या समाधान गर्न सरकारले नीति बनाएको र त्यही अनुसार अघि बढेको जानकारी दिए ।

२७ वैशाख, काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले अदालतको आदेशपछि पनि सुकुमवासी बस्तीमा डोजर चल्नु गलत भएको बताएका छन् ।

रास्वपाका सांसदलाई प्रशिक्षणपछि पत्रकारसँग कुरा गर्दै सभापति रवि लामिछानेलाई अदालतको आदेशपछि पनि डोजर किन चलाउनु भएको ? भनि प्रश्न गरेका थिए । लामिछानेले अदालतको आदेश मान्नुपर्ने बताउँदै भने,‘त्यो मान्नुपर्दछ । हरेकले मान्नुपर्दछ ।’

अहिलेपनि डोजर चलिरहेको बारे पत्रकारले सोधेपछि उनले भने,‘त्यो गलत भयो, गलत भयो ।’ सर्वोच्च अदालतले सुकुमवासी बस्तीमा डोजर नचलाउन सरकारलाई शुक्रबार आदेश दिएको थियो ।

सुकुमवासी वस्तीमा डोजर चलाउँदा दुई जनाले आत्महत्या गरेको तर रास्वपा सभापतिले संवेदना नराखेको भन्दै पत्रकारले थप प्रश्न गरेका थिए । जवाफमा लामिछानेले भने,‘म के भनिरहेको छु भने कोहि पनि घरबार विहिन हुनुपर्दैन । प्रक्रियामा यो भन्दा राम्रो हुन सक्थ्यो होला यो पनि मैले भनिसकेको छु । अन्तत गर्दा यसलाई समाधान त गर्नु पर्ला नि । अन्तिममा गन्तव्यमा पुग्दा कसैले पनि मलाई अन्याय परेछ भने भन्नु ।’

सुकुमवासी समस्या समाधान गर्न सरकारले नीति बनाएको र त्यही अनुसार अघि बढेको लामिछानेले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?