News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा २१ वैशाखदेखि प्राविधिक समस्या देखिएको छ जसले सेवाग्राहीलाई हैरानी पारेको छ।
- नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कुलशेखर अर्यालले समस्या समाधानका लागि निरन्तर प्रयास भइरहेको बताउनुभयो।
- समस्या कारण विवरण सच्याउने, जन्म दर्ता, सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण लगायतका सेवा अवरुद्ध भएका छन्।
२८ वैशाख, काठमाडौं । राष्ट्रिय परिचयपत्रको सिस्टम नचलदा सेवाग्राहीले हैरानी पाएका छन् । २१ गतेदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा प्राविधिक समस्या आइरहेको छ । एक साता बित्दा समेत उक्त समस्या हल नहुँदा सेवाग्राही मार्कामा परेका छन् ।
नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कुलशेखर अर्यालले समस्या हल गर्न निरन्तर लागिरहेको बताएका छन् ।
‘सिस्टममा समस्या आएपछि त्यसको सामाधानका लागि निरन्तर प्रयास भइरहेको छ । सकेसम्म चाँडै हल गर्ने प्रयास भइरहेको छ’ अर्यालले भने ।
सिस्टममा समस्या आउँदा विवरण सच्याउने, जन्म दर्ता गर्दाका बखत प्राप्त हुने, राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त हुने, सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्दा बायोमेट्रिक रुजु हुनेजस्ता सेवा अवरुद्ध भएका छन् ।
प्रतिक्रिया 4