+
+
Shares

बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १६:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य तोकी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने जनाएको छ।
  • समर्थन मूल्यको कार्यान्वयन तथा भुक्तानी प्रणालीलाई डिजिटल बनाउँदै रकम सिधै किसानको बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइने छ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै निजी कम्पनी तथा सहकारीलाई सहुलियत प्रदान गरिने जानकारी दिए।

२८ वैशाख, काठमाडौं । सरकारले बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य तोकी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने जनाएको छ । समर्थन मूल्यको कार्यान्वयन तथा भुक्तानी प्रणालीलाई डिजिटल बनाउँदै रकम सिधै किसानको बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइने छ ।

सरकारको आर्थिक वर्ष २०८३/८४को नीति तथा कार्यक्रममार्फत् सो जानकारी दिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद बैठकमा सरकारको नीति तथा कार्यृक्रम प्रस्तुत गर्दै न्यूनतम समर्थन मूल्यमा कृषि उपज खरिद गरी निजी कम्पनी तथा सहकारीलाई सहुलियत प्रदान गरिने जानकारी दिए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई सक्षम बनाउने सरकारको नीति रहेको जानकारी पनि राष्ट्रपति पौडेलले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?