+
+
Shares

संसद्‍मा विपक्षी सांसदहरूको नाराबाजी (तस्वीरहरू)

विपक्षी सांसदहरूले संसद्‍मा प्रधानमन्त्रीको खोजी गर्दै नाराबाजी गरेका छन् ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ वैशाख ३० गते १३:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विपक्षी सांसदहरूले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद्‍मा नाराबाजी गरेका छन्।
  • आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा प्रधानमन्त्री उपस्थित नभएपछि विपक्षीले विरोध जारी राखेका हुन्।
  • सभामुखले विपक्षी दलका सांसदहरूलाई आफ्नो धारणा राख्ने मौका दिएका छन्।

३० वैशाख, काठमाडौं । विपक्षी सांसदहरूले संसद्‍मा प्रधानमन्त्रीको खोजी गर्दै नाराबाजी गरेका छन् ।

प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै विपक्षी सांसदहरूले नाराबाजी गरेका हुन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएपछि विपक्षीहरूले संसद्‍‍मा नाराबाजी गरेका हुन् ।

आजदेखि नीति तथा कार्यक्रममाथि छलफल थाल्ने कार्यसूची छ । जसमा प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिन लागेपछि विपक्षीले नाराबाजी गरेका हुन् ।

विपक्षी सांसदहरू उठेर विरोध जारी राखेपछि अहिले सभामुखले विपक्षी दलका सांसदहरूले आफ्नो धारणा राख्ने मौका दिएका छन् ।

उनीहरूले संसद्‍मा अहिले प्रधानमन्त्रीको खोजी गर्दै विरोध गरेका हुन् ।

प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ संसद् हलबाट बाहिरिएका छन् ।

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?