+
+
Shares

रास्वपाको सय बुँदे कार्ययोजना र नीति तथा कार्यक्रम मेल खाँदैन : वर्षमान पुन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते १६:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८३–२०८४ को नीति तथा कार्यक्रमले स्पष्ट मार्गचित्र समात्न नसकेको टिप्पणी गरे।
  • सांसद पुनले नीति तथा कार्यक्रममाथि छलफलका लागि पर्याप्त समय नदिइएको प्रति असन्तुष्टि व्यक्त गरे।
  • उनले प्रधानमन्त्रीको उपस्थिति र स्वामित्वमा कमी देखिएको र सत्तारुढ दलको चुनावी प्रतिबद्धता र नीति तथा कार्यक्रममा मेल नदेखिएको बताए।

३१ वैशाख, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३–२०८४ को नीति तथा कार्यक्रमले स्पष्ट मार्गचित्र र दिशा समात्न नसकेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सांसद पुनले उक्त कार्यक्रम यथास्थितिवादी भएको र यसले जनअपेक्षा सम्बोधन गर्न नसक्ने आशङ्का व्यक्त गरे ।

सांसद पुनले नीति तथा कार्यक्रममाथि छलफलका लागि पर्याप्त समय उपलब्ध नगराइएको प्रति असन्तुष्टि व्यक्त गरे ।

विगतमा कम्तीमा पाँच दिनसम्म छलफल हुने र त्यसपछि प्रि–बजेट छलफलका आधारमा बजेट निर्माण हुने परम्परा रहेकोमा यसपटक समय असाध्यै न्युन पारिएको उनको भनाइ छ ।

प्रधानमन्त्रीले संसद्मा प्रतिपक्षी दलका नेताहरूको प्रश्नको सामना गर्दै आफ्ना कार्यक्रमको औचित्य पुष्टि गर्नुपर्नेमा उनले जोड दिए ।

‘प्रधानमन्त्रीकै नीति तथा कार्यक्रम भएपनि उहाँको उपस्थिति र स्वामित्वमा कमी देखियो । राष्ट्रपतिलाई धन्यवाद दिने प्रश्ताव आफैंले प्रस्तुत गरेर पुन: आफैंले समर्थन नगर्ने जस्तो नयाँ र अनौठो अभ्यास संसद्मा देखिएको छ,’ उनले भने ।

दुई तिहाइ नजिकको समर्थन प्राप्त सरकारसँग जनताको उच्च आकांक्षा रहेको स्मरण गराउँदै सांसद पुनले नीति तथा कार्यक्रम र सत्तारुढ दलको चुनावी प्रतिबद्धताबीच तादात्म्यता नदेखिएको उल्लेख गरे ।

‘सत्तारुढ दलको सय बुँदे कार्ययोजना र नीति तथा कार्यक्रममा मेल देखिँदैन । सरकारको प्राथमिकता के हो भन्ने कुरा यसमा स्पष्ट छैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?