+
+
Shares

७५३ स्थानीय तहको एक वर्षको बेरुजु १९ अर्ब ५ करोड, प्रदेशको कति ?

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १ गते १६:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महालेखा परीक्षकको कार्यालयले ६३ औं वार्षिक प्रतिवेदनमा देशका ७५३ स्थानीय सरकारको एक वर्षको कुल बेरुजु १९ अर्ब ४ करोड ७७ लाख रुपैयाँ देखाएको छ।
  • ७ प्रदेशको कुल बेरुजु ५ अर्ब २२ करोड रुपैयाँ रहेको छ, जसमा असुल गर्नुपर्ने ५२ करोड र नियमित गर्नुपर्ने ३ अर्ब ७५ करोड रुपैयाँ छन्।
  • संघीय सरकारको कुल बेरुजु ५३ अर्ब ४८ करोड रुपैयाँ छ, जसमा असुल गर्नुपर्ने २६ अर्ब ५० करोड र नियमित गर्नुपर्ने २५ अर्ब ४४ करोड रुपैयाँ छन्।

१ जेठ, काठमाडौं । देशभरीका ७५३ स्थानीय सरकारको एक वर्ष (आव २०८१/८२) को कुल बेरुजु १९ अर्ब ५ करोड रुपैयाँ बराबर भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले ६३ औं वार्षिक प्रतिवेदन शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ ।

सो प्रतिवेदन अनुसार स्थानीय तहको कूल बेरुजु १९ अर्ब ४ करोड ७७ लाख रुपैयाँ बराबर छ ।

यसमध्ये असुल गर्नुपर्ने २ अर्ब १ करोड र नियमित गर्नुपर्ने १५ अर्ब १८ करोड तथा पेश्की १ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । ७ प्रदेशको कूल बेरुजु भने ५ अर्ब २२ करोड रुपैयाँ बराबर रहेको छ ।

जसमध्ये ५२ करोड असुल गर्नुपर्ने र ३ अर्ब ७५ करोड नियमित गर्नुपर्नेे प्रकृतिको बेरुजु रहेको छ । पेश्की रकम ९४ करोड रुपैयाँ रहेको छ ।

संघीय सरकारको कूल बेरुजु ५३ अर्ब ४८ करोड रुपैयाँ देखिएको छ ।

जसमा असुल गर्नुपर्ने २६ अर्ब ५० करोड र नियमित गर्नुपर्ने २५ अर्ब ४४ करोड रुपैयाँ बराबर बेरुजु कायम भएको छ । पेश्की १ अर्ब ५३ करोड रहेको छ ।

प्रचलित कानून बमोजिम पुर्‍याउनु पर्ने रीत नपुर्‍याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिव तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औल्याइएको कारोबार बेरुजु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?