+
+
Shares

संघीय मन्त्रालयमध्ये सबैभन्दा ठूलो बेरुजु अर्थसँग, कुनमा कति ?

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १ गते १६:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आर्थिक वर्ष २०८१/८२ मा संघीय निकायतर्फ कुल ५३ अर्ब ४८ करोड ७७ लाख रुपैयाँ बराबर बेरुजु देखिएको छ।
  • अर्थ मन्त्रालय र त्यस मातहतका निकायमा कुल बेरुजुको ७० प्रतिशत अर्थात् ३७ अर्ब ६३ करोड ३१ लाख रुपैयाँ कायम भएको छ।
  • साविकको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ७ अर्ब १० करोड रुपैयाँ बेरुजु रहेको छ जुन दोस्रो सबैभन्दा ठूलो हो।

१ जेठ, काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा संघीय मन्त्रालयतर्फ सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालयमा रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार यस आवमा संघीय निकायतर्फ कुल ५३ अर्ब ४८ करोड ७७ लाख रुपैयाँ बराबरको बेरुजु देखिएको छ ।

यसमा अर्थ मन्त्रालय र त्यस मातहतका निकायको मात्र ७० प्रतिशत अर्थात: ३७ अर्ब ६३ करोड ३१ लाख बेरुजु कायम भएको छ ।

दोस्रो स्थानमा साविकको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेको छ । सो मन्त्रालयले कुल संघीय बेरुजुको १३.२८ प्रतिशत हिस्सा ओगटेको छ । ७ अर्ब १० करोड बेरुजु यस मन्त्रालयको छ ।

यसबाहेक क्रमश: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको १ अर्ब ५३ करोड, वन तथा वातावरण मन्त्रालयको १ अर्ब ३४ करोड, सञ्चार तथा सूचना प्रविधिको १ अर्ब १६ करोड, शहरी विकास मन्त्रालयको ८० करोड ५१ लाख, परराष्ट्र मन्त्रालयको ७४ करोड ३४ लाख, उ,mर्जा, जलस्रोत तथा सिञ्चाईको ६५ करोड २६ लाख, गृहको ५७ करोड ७२ लाख, स्वास्थ्य तथा जनसंख्याको ५२ करोड ४३ लाख र अन्य मन्त्रालयको १ अर्ब ३५ करोड ८६ लाख रुपैयाँ बराबर बेरुजु कायम भएको छ ।

अर्थ मन्त्रालयको लेखा परीक्षण अंक नै ठूलो थियो । अर्थात कूल २२ खर्ब ४४ अब ७८ करोड ८ लाख रुपैयाँ बराबरको लेखा परीक्षण गर्दा बेरुजु रकम समेत ठूलो देखिएको हो ।

जसमध्ये २० अर्ब ९५ करोड असुल गर्नुपर्ने,  १६ अर्ब ६३ करोड नियमित गर्नुपर्ने र ४ करोड ५७ लाख पेश्की बेरुजु देखिएको छ । पहिलो १० मन्त्रालयमा कुल बेरुजुको ९७.३९ प्रतिशत कायम भएको छ । अन्यको हिस्सा २.६१ प्रतिशत मात्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?