+
+
Shares
सरकारको कार्यसूची :

संघीय मन्त्रालयको संख्या घटाएर १७ वटा बनाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १४ गते २२:२२

१४ चैत, काठमाडौं । सरकारले संघीय मन्त्रालयको संख्या १७ वटा बनाउने भएको छ ।

सरकारले सार्वजनिक गरेको शासकीय सुधार कार्यक्रम अनुसार, मन्त्रालय घटाउन लागेको हो ।

‘मन्त्रालयहरूको संख्या आवश्यकताभन्दा ठूलो भई चालु खर्च बढेको समस्यालाई समाधान गर्न ३० दिनभित्र मन्त्रालयको संख्या घटाउने निर्णयसहित मौजुदा नेपाल सरकार (कार्य विभाजन) नियमावली संशोधन गरी सङ्घीय मन्त्रालयको सङ्ख्या १७ कायम गर्ने,’ सरकारको कार्यसूचीमा भनिएको छ ।

उक्त कार्यसूची बालेन शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकबाट पारित भएको थियो ।

उक्त कार्यसूचीमा मन्त्रालयहरूको संख्या  पुनरावलोकन गर्ने सन्दर्भमा हाल कायम रहेका दरबन्दीहरूसमेत व्यवस्थापन गर्नुपर्ने भएमा सेवा प्रवाहलाई असर नपर्ने गरी बढुवा व्यवस्थापन गर्ने जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?