News Summary
Generated by OK AI. Editorially reviewed.- सेती प्रादेशिक अस्पतालको पार्किङमा राखिएको स्कारपियोमा अक्सिजन सिलिन्डर पड्किँदा आगलागी भएको छ।
- धनगढी उपमहानगरपालिका–५ का मुकुन्द जोशीले चलाएको गाडी पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
- आगलागीमा मानवीय क्षति नभएको र दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नगर प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।
२ जेठ, धनगढी । सेती प्रादेशिक अस्पतालमा पार्किङमा राखिएको स्कारपियोमा आगलागी भएको छ ।
शनिबार साँझ साढे ५ बजेतिर धनगढी उपमहानगरपालिका–५ बस्ने ४० वर्षीय मुकुन्द जोशीले चलाएर ल्याएको बा.प्र.०१–०२७ च ००७४ नम्बरको स्कारपियो अस्पतालको पार्किङमा राखिएको अवस्थामा आगलागी भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले आगलागीबाट स्कारपियो जलेको बताए । उनका अनुसार बिरामीका लागि गाडीमा जोडिएको अक्सिजन सिलिन्डर पड्किँदा आगलागी भएको पाइएको छ । आगलागीबाट स्कारपियो पूर्ण रूपमा जलेर नष्ट भएको उनले बताए ।
धनगढी उपमहानगरपालिकाको दमकलले सहयोगमा स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको सहयोगले नियन्त्रणमा लिइएको थियो । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4