+
+
Shares

लिग २ : नेपालले स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते ९:१६
फाइल तस्वीर ।

४ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आजको खेलमा नेपालले स्कटल्याण्डसँग टस हारेर पहिले बलिङ गर्ने भएको छ ।

स्कटल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । नेपालले अमेरिकालाई हराएको टिमलाई न‌ै निरन्तरता दिंदै पहिलो रोजाइमा कुनै परिवर्तन गरेको छैन । अघिल्लो खेफमा डेब्यु गरेका इशान पाण्डेले आज पनि पहिलो रोजाइमा खेल्दैछन् ।

स्कटल्याण्डबाट ओली जोन्सले आज ओडीआईमा डेब्यु गर्दैछन् । नेपाल पहिलो खेलमा स्कटल्याण्डसँग डीएलएस पद्धतिमा २ रनले पराजित भएको थियो । त्यसपछि अमेरिकालाई ९ विकेटले पराजित गरेको नेपाल जितको लय कायम राख्ने लक्ष्यमा छ।

नेपाल २६ खेलबाट २० अंकसहित अंकतालपकामा साताैँ स्थानमा छ । शीर्ष स्थानको स्कटल्याण्डको ३० खेलबाट ३८ अंक छ ।

स्कटल्याण्डलाई पराजित गरेमा नेपालको स्थान पनि सुधार हुनेछ ।

नेपालको प्लेइङ ११

कुशल भुर्तेल, आसिफ शेख, इशान पान्डे, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?