+
+
Shares

कञ्चनपुरमा श्रीमान्‌को शव फेला, श्रीमती पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते १२:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५ मा ४५ वर्षीय लिलाराम सुनारको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा शव फेला परेको छ।
  • प्रहरीले घटनास्थलबाट चक्कु बरामद गरेको र मृतकको घाँटीमा धारिलो प्रहार भएको पाइएको छ।
  • श्रीमती यशोदा सुनारलाई नियन्त्रणमा लिइएको र उनी नै प्रहरीलाई खबर गर्ने व्यक्ति भएकी थिइन्।

४ जेठ, धनगढी । कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ ।

दोधारा चाँदनी नगरपालिका–५ मा ४५ वर्षीय लिलाराम सुनारको धारिलो हतियार प्रहार गरेर मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिरेन्द्र थापाले सुनार सोमबार बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेको जानकारी दिए ।

घटनापछि प्रहरीले श्रीमती यशोदा सुनारलाई नियन्त्रणमा लिएको छ । यशोदाले नै प्रहरीलाई खबर गरेकी थिइन् ।

प्रहरी निरीक्षक थापाका अनुसार मृतकको घाँटीमा धारिलो प्रहार भएको पाइएको छ ।

घटनास्थलबाट चक्कु पनि बरामद भएको प्रहरीले जनाएको छ । घरमा श्रीमान् श्रीमती मात्र बस्दै आएका थिए ।

घटनाबारे थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?