+
+
Shares

नेपाल बार एसोसिएसनको आकस्मिक बैठक बोलाइयो

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते १४:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको आदेश र प्रतिनिधिसभाका सांसदहरूको धारणा विषयमा छलफल गर्न आकस्मिक बैठक डाकेको छ।
  • कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले रोकिएका रिट र निवेदनहरू तत्काल दर्ता गरी मंगलबार पेशी तोक्न न्याय प्रशासनलाई आदेश दिएकी थिइन्।
  • प्रतिनिधिसभामा रास्वपा सांसदहरूले प्रधानन्यायाधीशको आदेशमा आपत्ति जनाएका छन्।

४ जेठ, काठमाडौं । विकसित घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्न भन्दै कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले आकस्मिक बैठक डाकेको छ ।

नेपाल बार एसोशिएसनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले आजका लागि आकस्मिक बैठक डाकिएको जानकारी गराए ।

उनका अनुसार, प्रधानन्यायाधीशले जारी गरेको आदेश र त्यसको परिपालना, प्रतिनिधिसभामा केही सांसदहरुले व्यक्त गरेको धारणा लगायतका विषयमा छलफल गर्न बैठक डाकिएको हो ।

सोमबार कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले केही रिट एवं निवेदनहरू लामो समयदेखि रोकिएको भन्दै तत्काल तिनलाई दर्ता गर्न र मंगलबारको पेशी तोक्न न्याय प्रशासनलाई आदेश दिएकी थिइन् ।

उनको आदेश सार्वजनिक भएपछि प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसदहरू समीक्षा बास्कोटा, यज्ञमणि न्यौपाने लगायतले आपत्ति जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?