News Summary
Generated by OK AI. Editorially reviewed.- आगामी जेठ २९ गतेदेखि ३१ गतेसम्म नवौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता नुवाकोटको बिदुरनगरपालिकामा हुने भएको छ।
- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रिता थापा मगरको अध्यक्षतामा बसेको सचिवालय बैठकले प्रतियोगिता गर्ने निर्णय गरेको हो।
- प्रतियोगिताले लोक तथा दोहोरी क्षेत्रमा नयाँ तथा उदाउँदा कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको प्रतिष्ठानले जनाएको छ।
४ जेठ, काठमाडौं । आगामी जेठ २९ गतेदेखि नवौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतष्ठानकी केन्द्रीय अध्यक्ष रिता थापा मगरको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकले प्रतियोगिता यही जेठ २९ गतेदेखि ३१ गतेसम्म गर्ने निर्णय गरेको हो ।
प्रतियोगिता नुवाकोटको बिदुरनगरपालिका गर्ने निर्णय गरेको प्रतिष्ठानले जानकारी दिएको छ । प्रतिष्ठानले हरेक वर्ष यो प्रतियोगिता गर्दै आएको छ । लोक तथा दोहोरी क्षेत्रमा नयाँ तथा उदाउँदा कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिँदै आएको प्रतिष्ठानले जनाएको छ। गत वर्ष उक्त प्रतियोगिता चितवनमा सम्पन्न भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4