भेपको फाइल तस्वीर ।
१२ जेठ, काठमाडौं । काठमाडौंको खिचापोखरीबाट ठूलो मात्रामा इलेक्ट्रिक चुरोट (भेप)सहित एक जना पक्राउ परेका छन् ।
विशेष सूचनाका आधारमा खटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले करिब ६ करोड बराबरको भेपसहित ललितपुरको महालक्ष्मी नगरपालिका-८ का ३२ वर्षीय नवीन खड्कालाई नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले काठमाडौं महानगरपालिका- २२ खिचापोखरीको आरबी कम्प्लेक्सको अण्डरग्राउण्डमा रहेको ‘स्माइल योर च्वाइस’ पसल र सोही कम्प्लेक्सको अर्को बिल्डिङमा रहेको भेपमान्डु ट्रेडर्स प्रालिको गोदाममा खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा विभिन्न कम्पनीका २८ हजार ५०० वटा बिलबिजक नभएका अवैध सामग्री (भेप) बरामद गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
भेपसहित पक्राउ परेका खड्का पसलका सञ्चालक हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4