+
+
Shares

प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित हुने रुलिङ गर्न सभामुखले गरे इन्कार

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १५:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसद्मा उपस्थित हुन रुलिङ गर्न अस्वीकार गर्नुभएको छ ।
  • सभामुख अर्यालले भन्नुभयो, "प्रधानमन्त्री आउने मिति तय हुने बित्तिकै म माननीय सदस्यहरूलाई जानकारी गराउँछु ।"
  • विपक्षीको अवरोधका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले संसद्मा पर्यटन विधेयक २०८२ प्रस्तुत गर्नुभएको छ ।

१२ जेठ, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसद्मा उपस्थित हुने रुलिङ गर्न इन्कार गरेका छन् ।

विपक्षी दलहरूले सभामुखले रुलिङ गर्नुपर्ने माग राखिरहेका छन् ।

यस सन्दर्भमा सभामुख अर्यालले भनेका छन्, ‘मलाई थाहा छ माननीय सदस्यहरूले मेरो मुखबाट मिति घोषणा भइदियोस् भन्ने तपाईंहरूको ठूलो इच्छा छ ।’

विपक्षी दलहरूको यस्तो इच्छा नेचुरुल (प्राकृतिक) प्रक्रिया भएको भन्दै उनले प्रधानमन्त्री उपस्थित हुने विषय पनि नेचुरल नै रहेको बताए ।

रुलिङ गर्न इन्कार गर्दै सभामुख अर्यालले भने, ‘प्रधानमन्त्री आउने मिति तय हुने बित्तिकै म माननीय सदस्यहरूलाई जानकारी गराउँछु ।’

तर, विपक्षीले मानेनन् । त्यसपछि सभामुखले विपक्षीको अवरोधका बीच सभालाई अगाडि बढाए ।

सभामुखले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेललाई पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिए ।

विरोधका बीच विधेयकमाथिको छलफल अगाडि बढ्यो । विपक्षी दलका सांसदहरूले विरोध जारी राखेका छन् ।

विधेयकमाथि बोल्न गएका रास्वपा सांसद अशोक कुमार चाधरीले संसद्लाई विरोधको थलो बनाउन नहुने भनेर विपक्षीलाई कटाक्ष समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?