News Summary
Generated by OK AI. Editorially reviewed.- सिंहदरबारस्थित संघीय संसद्को नयाँ भवन निर्माण कार्य सकिएर बैठक सञ्चालनका लागि पूर्ण रूपमा तयार भएको छ ।
- यही नयाँ स्थायी हलबाट आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी गरिएको छ ।
- गत भदौमा नयाँबानेश्वरस्थित संसद् भवन आगजनीबाट ध्वस्त भएपछि सिंहदरबारमा यो हल तयार पारिएको हो ।
१२ जेठ, काठमाडौं । सिंहदरबारस्थित संघीय संसद् भवन निर्माण कार्य सकिएको छ । आधुनिक र भव्य संरचनासहित उक्त भवन निर्माण गरिएको हो ।
भित्री सजावट र अन्य प्राविधिक काम सकिएसँगै अब हल बैठक सञ्चालनका लागि तयार भएको हो ।
नयाँ संसद् बैठक कक्ष नीलो रङले सजाइएको छ । पर्दा, भित्ता, कार्पेट र सोफाहरू पनि नीलो रङकै छन् ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा नयाँबानेश्वरस्थित संघीय संसद् भवन आगजनीबाट ध्वस्त भएपछि अहिले सिंहदरबारस्थित नयाँ संसद भवनको अस्थायी हलमा संसद् बैठक बसिरहेको छ ।
सिंहदरबारमै अर्को स्थायी हल तयार पारिएको हो । यही स्थायी हलबाट नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी छ ।
हेर्नुहोस् तस्वीरहरू–












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4