News Summary
Generated by OK AI. Editorially reviewed.- रोल्पाको थवाङमा हावाहुरीले ढालेको रूखले च्यापेर ६० वर्षीया रुजु झाँक्री र ५० वर्षीया मनबुजी झाँक्रीको मृत्यु भएको छ ।
- थवाङ आधारभूत अस्पतालमा बिरामी भेटेर घर फर्कने क्रममा हावाहुरीसँगै रूख ढल्दा उनीहरू दुर्घटनामा परेका थिए ।
- दुर्घटनामा घाइते भएकी रुजुको घटनास्थलमै र मनबुजीको उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
१२ जेठ, दाङ । रोल्पाको थवाङमा हावाहुरीबाट ढालेको रुखले च्यापेर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा थवाङ गाउँपालिका–२ हेलोवाङकी ६० वर्षीया रुजु झाँक्री र सोही ठाउँकी ५० वर्षीया मनबुजी झाँक्री रहेको रोल्पा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए ।
उनका अनुसार रुजुको घटनास्थलमा नै र मनबुजीको उपचारका लागि कास्की पोखरातर्फ लैजाने क्रममा आज मृत्यु भएको हो ।
उनीहरू दुवै जना सोमबार बेलुकी थवाङ आधारभूत अस्पतालमा बिरामी भेट्न गएका थिए ।
बिरामी भेटेर घरतर्फ फर्किने क्रममा बेलुकी हावाहुरीसहितको पानी पर्दा बाटोमाथिबाट उत्तिसको रूख ढलेपछि उनीहरूलाई च्यापेको थियो ।
रुख ढलेर मानिसहरू च्यापेको भन्ने खबर पाउनासाथ इलाका प्रहरी कार्यालय थवाङबाट प्रहरी निरीक्षक रामचन्द्र बगालेको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर घाइतेलाई उद्धार गरेको थियो ।
प्रतिक्रिया 4