+
+
Shares

दल निकट कर्मचारीका नेतालाई दुर्गम सरुवा गरियो

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १४:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले विभिन्न राजनीतिक दलका ट्रेड युनियनमा आबद्ध नायब सुब्बा सरहका २० जना कर्मचारीलाई दुर्गम क्षेत्रमा सरुवा गरेको छ ।
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिशमा गृह मन्त्रालयले ती कर्मचारीलाई आफू मातहतका दुर्गम कार्यालयहरूमा खटाएको हो ।
  • कर्मचारी युनियनका अध्यक्ष उत्तम कटुवालले, “सरकारले अदालतको अन्तरिम आदेशको बेवास्ता गरेर प्रतिसोधपूर्ण तरिकाले सरुवा गरेको छ” भने ।

१३ जेठ, काठमाडौं । सरकारले राजनीतिक दलको ट्रेड युनियन निकट रहेका २० कर्मचारीलाई दुर्गम स्थानमा सरुवा गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गृह मन्त्रालय मातहतका कार्यालयमा हुने गरी नाम पठाएको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा हुनेहरुको सूची पठाए अनुसार गृहले आफू मातहतका कार्यालयमा कर्मचारीलाई खटाएको हो । सरुवा हुने सबै नायब सुब्बा सरहका कर्मचारी छन् ।

कर्मचारी युनियनका अध्यक्ष उत्तम कटुवालले आफ्नो संगठनका ६ जनालाई दुर्गममा सरुवा गरेको बताए । ‘सरकारले अदालतको अन्तरिम आदेशको बेवास्ता गरेर प्रतिशोधपूर्ण तरिकाले सरुवा गरेको छ । यसबारे हामी छलफल गरेर निर्णय गर्छौं’, कटुवालले अनलाइनखबरसँग भने ।

सरुवा हुनेमा एमाले निकट कर्मचारी संगठनका महासचिव आरसी अधिकारीलगायत अन्य पदाधिकारीहरुलाई दुर्गममा सरुवा गरिएको छ ।

कहाँ कसलाई खटाइयो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?