+
+
Shares

नेपालमा डिजिटल पहुँचको तीव्र विस्तार, इन्टरनेट प्रयोगकर्ता साढे १४५ प्रतिशतभन्दा बढी

चालु आर्थिक वर्षको फागुनसम्म इन्टरनेट ग्राहकको घनत्व १४५.७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घनत्व १३९.५ प्रतिशत थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १४:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षको फागुनसम्म नेपालमा इन्टरनेट ग्राहकको घनत्व १४५.७ प्रतिशत पुगेको छ ।
  • नेपालमा फोरजी सेवाको पहुँच कुल जनसङ्ख्याको ८९.६ प्रतिशत र मोबाइल ब्रोडब्यान्डको पहुँच १००.३ प्रतिशत पुगेको छ ।
  • चालु आर्थिक वर्षको फागुनसम्म देशभर १९,२३९ किलोमिटर अप्टिकल फाइबर विस्तार भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

१३ जेठ, काठमाडौं । नेपालको दूरसञ्चार र इन्टरनेट क्षेत्रमा पछिल्ला वर्षहरूमा उल्लेख्य प्रगति भएको छ।

सरकारी तथ्यांकले नेपालको कुल जनसङ्ख्याको तुलनामा इन्टरनेटको पहुँच सघन रूपमा बढ्दै गएको र देश ‘‍डिजिटल युग’ ‍तर्फ उन्मुख रहेको देखाएको छ।

इन्टरनेट ग्राहकको घनत्व १४५.७ प्रतिशत

आर्थिक सर्वेक्षण २०८२/८३ का अनुसार, इन्टरनेट प्रयोगकर्ताको दरमा निरन्तर वृद्धि भइरहेको छ।

चालु आर्थिक वर्षको फागुनसम्म इन्टरनेट ग्राहकको घनत्व १४५.७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घनत्व १३९.५ प्रतिशत थियो ।

इन्टरनेट घनत्वले प्रति १०० जनामा कति इन्टरनेट कनेक्सनमा छन् भन्ने देखाउँछ ।

उदाहरणका लागि, नेपालको जनसंख्या ३ करोड छ भन्ने मान्दा १४५.७ प्रतिशत घनत्वको अर्थ करिब ४ करोड ३७ लाख इन्टरनेट सदस्यता छ भन्ने हो ।

इन्टरनेट सेवामा पहुँच

आर्थिक सर्वेक्षण अनुसार, दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरूको सेवा विस्तारसँगै इन्टरनेट ग्राहकहरूको सङ्ख्या निरन्तर उकालो लागेको छ । विशेषगरी फोरजी सेवाको पहुँच हाल कुल जनसङ्ख्याको ८९.६ प्रतिशत पुगेको छ ।

डिजिटल अर्थतन्त्रका लागि आवश्यक ब्रोडब्यान्ड सेवाको विस्तार तीव्र छ। मोबाइल ब्रोडब्यान्ड पहुँच जनसङ्ख्याको १००.३ प्रतिशत पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

त्यसैगरी, अप्टिकल फाइबर विस्तारमा पनि नेपालले ठूलो फड्को मारेको छ । २०८२ फागुनसम्म १९,२३९ किलोमिटर अप्टिकल फाइबर विस्तार भइसकेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

८२ प्रतिशत घरधुरीमा टेलिभिजन

डिजिटल टेलिभिजनको पहुँच ८२ प्रतिशत घरधुरीमा पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

मोबाइल टेलिफोन ग्राहकको घनत्व भने १०३.२ प्रतिशत रहेको छ । बढ्दो मोबाइल प्रयोगसँगै परम्परागत आधारभूत टेलिफोनको प्रयोग भने क्रमशः घट्दो क्रममा छ ।

सरकारी सेवामा ई-गभर्नेन्स

सरकारले ई-गभर्नेन्स प्रणालीलाई प्राथमिकता दिएको छ। हालसम्म २२० सरकारी निकाय एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमा आबद्ध भइसकेका छन् भने १५० सरकारी निकायको वेबसाइट सञ्चालनमा रहेका छन् ।

पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा नेपालमा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच र प्रयोगमा गुणात्मक सुधार आएको छ।

विशेषगरी, इन्टरनेट सेवा प्रदायकहरूको भूमिका बढ्नु, सरकारी निकायमा अनलाइन सेवा प्रणाली (ई-गभर्नेन्स) को विस्तार हुनु र आम नागरिकमा स्मार्ट डिभाइसको पहुँच पुग्नुले नेपालको डिजिटल पूर्वाधार बलियो बन्दै गएको देखिन्छ ।

तथापि, भौगोलिक विकटताका कारण केही ग्रामीण क्षेत्रमा अझै पनि उच्च गतिको इन्टरनेट सेवाको उपलब्धतालाई थप प्रभावकारी बनाउनु सरकारका लागि चुनौतीको विषय रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?