+
+
Shares

नेकपाका जनप्रतिनिधिलाई आज र भोलि प्रशिक्षण

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १६:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को जनप्रतिनिधिहरूको प्रशिक्षण भेला बुधबारदेखि काठमाडौंमा सुरु भएको छ।
  • स्थानीय विभाग प्रमुख अग्निप्रसाद सापकोटाले कार्यप्रगतिको समीक्षा र आगामी योजनाबारे प्रतिवेदन पेश गर्नुभएको छ।
  • प्रशिक्षण भेला बिहीबार संयोजक प्रचण्डले सम्बोधन गरेपछि समापन हुने नेकपाले जनाएको छ।

१३ जेठ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को जनप्रतिनिधिहरूको प्रशिक्षण भेला बुधबारबाट काठमाडौंमा सुरु भएको छ ।

नेकपा स्थानीय विभागद्वारा काठमाडौंमा आयोजित प्रशिक्षण भेलामा देशभर नेकपाले जितेका स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागीता रहेको छ ।

भेलामा स्थानीय तह विभाग प्रमुख अग्निप्रसाद सापकोटाले कार्यप्रगतिको समीक्षा र आगामी योजनाबारे प्रतिवेदन पेश गर्दै अहिलेसम्म भएका प्रगतिको समीक्षा, वस्तुनिष्ठ अवस्था बुझेर अघि बढ्नुपर्ने बताए ।

जनप्रतिनिधिहरू जनताको सुखदुखको प्रत्यक्ष अभिभावक भएकाले प्रत्यक्ष सेवालाई प्रभावकारी बनाउनुपर्ने उनले बताए । साथै, उनले पुराना कमीकमजोरीलाई सच्चाइ नयाँ पुस्तालाई समेत साथमा लिएर अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रशिक्षण भेला बिहीबार संयोजक प्रचण्डले सम्बोधन गरि समापन हुने नेकपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?