+
+
Shares
मानवअधिकार आयोग प्रतिवेदन :

निश्चल बस्नेत, सिसन बानियाँ, अमनप्रतापसम्मलाई थप अनुसन्धान गर्न सिफारिस

बुधबार सार्वजनिक प्रतिवेदनमा कन्टेन्ट क्रिएटर भिक्टर पौडेल र भाग्य न्यौपानेसहितको भूमिकामा पनि थप अनुसन्धान हुन आवश्यक रहेको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १७:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले जेनजी आन्दोलनमा फिल्म निर्देशक निश्चल बस्नेत र भ्लगर सिसन बानियाँसहितका कलाकारको भूमिकामाथि थप अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
  • आयोगको प्रतिवेदनमा रास्वपा सांसद गणेश कार्की, भीम उपाध्याय र हिमानी राज्यलक्ष्मी सिंहसहितका व्यक्तिको सामाजिक सञ्जालका अभिव्यक्तिको चर्चा गरिएको छ ।
  • आन्दोलनमा भएको भौतिक तथा मानवीय क्षतिमा ती व्यक्तिहरूको अभिव्यक्तिको प्रभाव र संलग्नता रहे नरहेको बारे थप अनुसन्धान आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको अनुसन्धान प्रतिवेदनले जेनजी आन्दोलनको क्रममा फिल्म निर्देशक निश्चल बस्नेत, भ्लगर सिसन बानियाँ, टिभी शो निर्देशक अमनप्रताप अधिकारी लगायतका कलाकारको भूमिकामाथि थप अनुसन्धान हुन आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

बुधबार सार्वजनिक प्रतिवेदनमा टिभी कार्यक्रमका निर्देशक अमनप्रताप अधिकारी, कन्टेन्ट क्रिएटर भिक्टर पौडेल र भाग्य न्यौपानेसहितको भूमिकामा पनि थप अनुसन्धान हुन आवश्यक रहेको जनाएको छ ।

आयोगको प्रतिवेदनमा रास्वपा सांसद गणेश कार्की, सुलभ खतिवडा, बद्री गुप्ता, रक्षा बस्नेत, कृष्ण कार्की, डा. तोयनाथ कार्की, राजीव खत्री, शोभ शर्मा, केपी खनाल, दीपक बोहरा, मनीषा ज्ञवाली, ज्वाला संग्रौला, हेमराज गिरी, विवेक पुन, हेमराज साउद, कुशुमशेर यादव, अम्बर थापामगर, विवेक प्याकुरेल छन् ।

साथै, सिमन गौतम, आशिष तामाङ, अभिमन्यु बरुवाल, सविन चापागाईं, टंक ढकाल, डिम्पल भण्डेल, अंकित मल्ल, उमेश बोहरा, शिव यादव, विनोद देउवा, सरु सुनुवार, भीम उपाध्याय, रवि किरण हमाल, हरि ढकाल, निश्चल बस्नेत, सुशिल कार्की, ओम प्रकाश अर्याल, गौरी बहादुर कार्की, पशुपति खड्का, दुर्गा शर्मा पनि छन् ।

साथै, उर्जा बराल, जेरी लामिछाने, हेमसागर बिवादी, वृद्धि छिरिङ, सन्तोष राजावादी, अमित खनाल, दीपक देवकोटा, गौरव बराल, हिमानी राज्य लक्ष्मी सिंह, निशान भण्डारीको नाम पनि उल्लेख छ ।

प्रतिवेदनमा अघि भनिएको छ, ‘ती समेतका व्यक्तिहरुले प्रदर्शन पूर्व, प्रदर्शन दौरान र प्रदर्शन पश्चात आफ्नो प्रदर्शन सम्बन्धमा अभिव्यक्ति दिएको भन्ने निजहरुको सामाजिक सञ्जाल, प्रकाशित समाचार र राष्ट्रिय अनुसन्धानले निजहरु प्रदर्शनमा सहभागिता हुन सक्ने भनी सङ्कलन गरेको प्रतिवेदनसमेतका आधारमा उल्लेखित हुन आएको देखिन्छ ।’

‘उनीहरुको अभिव्यक्तिले खुल्लारुपमा हिंसात्मक प्रदर्शन गर्ने मनसाय व्यक्त गरेको नदेखिएको समेत भई २३ र २४ गतेका दौरानमा भएको मानवीय र भौतिक क्षति समेतका कारणमा निजहरुको संलग्नता रहे नरहेको, निजहरुको अभिव्यक्तिबाटसमेत प्रदर्शनकारीहरु आकर्षित र उत्तेजित भई कुनै असर र प्रभाव परे नपरेको, सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम भए नभएको वा सोको दुष्परिणाम भए नभएको सम्बन्धमा थप अनुसन्धान हुन आवश्यक देखिन्छ’ प्रतिवेदनले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?