+
+
Shares

मतदाता नामावली (पहिलो संशोधन) विधेयक राष्ट्रिय सभाबाट स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १७:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभाको बैठकले ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत गरेको छ ।
  • प्रधानमन्त्री बालेन शाहका तर्फबाट कानूनमन्त्री सोबिता गौतमले प्रतिनिधि सभाबाट प्राप्त सो विधेयक राष्ट्रिय सभामा प्रस्तुत गरेकी थिइन् ।
  • मन्त्री गौतमले मतदाता नामावली ऐनको साविकको व्यवस्था संशोधन गर्न तत्कालीन सरकारले जारी गरेको अध्यादेशका ठाउँमा विधेयक ल्याइएको स्पष्ट पारिन् ।

१३ जेठ, काठमाडौं । मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रश्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत रुपमा स्वीकृत भएको छ ।

सभाको बुधवारको बैठकले उक्त प्रश्तावलाई सर्वसम्मत रुपमा स्वीकृत गरेको हो ।

प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय, संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त मतदाता नामावली (पहिलो संशोध) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गरेकी थिइन् ।

विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ को २ मा भएको व्यवस्था संशोधनका लागि अध्यादेश तत्कालीन सरकारले अध्यादेश जारी गरेको जानकारी गराउँदै उक्त व्यवस्थाका लागि विधेयक अघि सारिएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?