काठमाडौं । चन्द्र पन्तको आगामी निर्देशकीय फिल्म ‘आबाट आमा २’ मा निकिता आचार्य अनुबन्धित भएकी छन् । यसैवर्ष प्रदर्शनमा आएको ‘श्री बुकुरो’बाट डेब्यू गरेकी आचार्यको यो दोस्रो कथानक हो ।
निर्मातासँग बिहीबार निकिताले लिखित सम्झौता गरेकी छन् । निर्देशक पन्तले मुख्य भूमिकामा निकितालाई अनुबन्धित गरिएको जानकारी सञ्चारकर्मीलाई दिए ।
यसअघि यो फिल्ममा पल शाह, आकाश श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का अनुबन्धित भैसकेका छन् । ३० असोजदेखि फिल्म प्रदर्शनमा आउने जनाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4