+
+
Shares

सामसङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर, फोनमा आकर्षक एक्स्चेन्ज बोनस र छुट

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १४ गते १४:१४

१४ जेठ, काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु ग्यालेक्सी’ अफर घोषणा गरेको छ । जसअन्तर्गत ग्राहकले आफ्नो पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन सिरिजमा सहज रूपमा अपग्रेड गर्न सक्नेछन्।

यस अफरमार्फत ग्राहकले आकर्षक छुट, थप एक्स्चेन्ज बोनस, विशेष टेलिकम अफर तथा सहज फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन्। अभियान अन्तर्गत ग्राहकले शून्य प्रतिशत डाउन पेमेन्टमा २४ महिनासम्मको ईएमआई सुविधा पनि पाउनेछन्।

‘आफ्नो पुरानो सेलेक्टेड डिभाइस ल्याएर ग्राहकले त्यसको मूल्यसँगै अधिकतम ८ हजार रुपैयाँसम्मको थप एक्सचेन्ज बोनस पाउन सक्नेछन्’ सामसङ नेपालले एक विज्ञप्तिमा भनेको छ ।

ग्राहकको पहुँच अझ सहज बनाउन कम्पनीले विभिन्न फोनमा निश्चित छुट सुविधा पनि उपलब्ध गराएको छ । जसअनुसार ग्यालेक्सी एस २६ अल्ट्रामा १० हजार छुट र ८ हजार रुपैयाँ एक्स्चेन्ज बोनस, एस २६ प्लसमा २३ हजार छुट र ८ हजार रुपैयाँकै एक्स्चेन्ज बोनस, एस २६ मा १० हजार छुट र ८ हजार रुपैयाँ एक्स्चेन्ज बोनस दिइने कम्पनीले जनाएको छ।

त्यस्तै ए ५७ र ए ३७ मा ५ हजार छुट तथा ५ हजारकै एक्स्चेन्ज बोनस प्रदान हुने कम्पनीले जनाएको छ । यीसहित एनसेलको बोनस डेटा सुविधा समेत उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?