+
+
Shares

केन्यामा बोर्डिङ स्कुलमा आगलागी, १६ जनाको मृत्यु, ७४ घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १४ गते १५:२५

केन्याको राजधानी नैरोबीबाट करिब १२० किलोमिटर पश्चिममा रहेको गिलगिलको एक बोर्डिङ स्कुलमा आगलागी हुँदा १६ विद्यार्थीको मृत्यु भएको छ भने अन्य ७४ जना घाइते भएका छन् ।

घटनास्थलमा पुगेका एक प्रहरी अधिकारीले पत्रकारहरूलाई यो जानकारी दिएका हुन् । आगलागीमा परी घाइते भएका ७४ जना विद्यार्थीको अस्पतालमा उपचार भइरहेको ती अधिकारीले बताए ।

केन्या रेडक्रस र प्रहरीका अनुसार बिहीबार बिहान उतुमिसी गर्ल्स स्कुलमा विद्यार्थीहरू सुतिरहेको बेला आगलागी भएको थियो ।

प्रहरीले उद्धार र राहत कार्य जारी रहेको बताएको छ । अधिकारीहरूले आगलागीका कारण अझै पत्ता लगाउन नसकेको बताएका छन् ।

केन्या रेडक्रसले आपतकालीन प्रतिक्रिया टोलीहरू घटनास्थलमा पुगेर सहयोग प्रदान गरिरहेको बताएको छ।

‘यो एकदमै दुःखद र पीडादायी अवस्था हो,’ प्रहरी कमाण्डर मसुद म्विनीले विद्यालय बाहिर भेला भएका अभिभावक र मानिसहरूलाई सम्बोधन गर्दै भनेका छन् ।

हालैका वर्षहरूमा धेरै घातक घटनाहरू भएका छन् । होस्टलमा विद्यार्थीहरूको उच्च संख्या र सुरक्षा निर्देशिकाहरूको पालनाको अभावलाई प्रायः उच्च संख्यामा मृत्युको कारण मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?