+
+
Shares

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्नु ‘गैरजिम्मेवार’ : वासना थापा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १४ गते १५:३७

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले गणतन्त्र दिवसको समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषयलाई ‘गैरजिम्मेवार’ टिप्पणी गरेकी छिन् ।

बिहीबार पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेकी हुन् ।

उनलाई एक सञ्चारकर्मीले ‘गणतन्त्र दिवसको दिन हरेक प्रधानमन्त्रीको सम्बोधन हुन्छ, प्रधानमन्त्री बालेन शाह आउनासाथ सम्बोधन नै बन्द कसरी लिन सकिन्छ ?’ भन्दै प्रश्न गरेका थिए ।

उक्त प्रश्नको जवाफ दिँदै उनले भनेकी छिन्, ‘म त यसलाई जनताप्रतिको उत्तरदायीत्वको कमी र गैरजिम्मेवारीका रुपमा लिन्छु ।’

गणतन्त्र दिवसमा यसअघि यस्तो परम्परा नभएको भन्दै अहिले नआउनु वा सम्बोधन नगर्नुको कारण पनि प्रधानमन्त्री शाहले उल्लेख गर्नुपर्ने उनको तर्क छ ।

‘अहिलेसम्मको अभ्यासमा यो भएको छैन । नत्र उहाँले आफू आउन नसक्ने कारण बताउनुपर्थ्यो,’ थापाले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?