News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले गणतन्त्र दिवसको मूल समारोहलाई सम्बोधन नगर्ने जानकारी राष्ट्रपति कार्यालयलाई दिएका छन् ।
- सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री शाहले आवश्यकता अनुसार उपयुक्त ठाउँमा सम्बोधन गर्ने स्पष्ट पारेका छन् ।
११ जेठ, काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेन शाहले सम्बोधन नगर्ने विषयमा स्पष्टीकरण दिएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले प्रधानमन्त्री शाहले बोल्नुपर्ने ठाउँमा बोल्ने जिकिर गरे ।
उनलाई एक सञ्चारकर्मीले ‘गणतन्त्र दिवसमा प्रधानमन्त्री किन बोल्नुहुन्न ?’ भन्दै प्रश्न गरेका थिए ।
जवाफमा पोखरेलले भनेका छन्, ‘आवश्यकता अनुसार प्रधानमन्त्रीज्यूले बोल्नुपर्ने ठाउँमा बोल्नुहुन्छ ।’
गणतन्त्र दिवसको दिन सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुने गर्दछ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष सहित विशिष्ट व्यक्तिहरुको सहभागिता रहन्छ । सो समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा छ ।
तर, प्रधानमन्त्री शाहले गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन् । उनले त्यसको जानकारी राष्ट्रपति कार्यालयलाई दिइसकेका छन् ।
प्रतिक्रिया 4