+
+
Shares

यातायात व्यवसायीको परिपत्र : ४० किलोसम्मको लगेजमा ट्याग अनिवार्य गर्नू

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १४ गते १७:३१

१४ जेठ, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आफू मातहतका सबै सदस्यलाई यात्रुको ४० किलोसम्मको लगेजमा ट्याग अनिवार्य गर्न परिपत्र गरेको छ ।

यसअघि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र महासंघबीच भएको सम्झौता कार्यान्वयनका लागि यस्तो परिपत्र गरिएको महासंघका महासचिव डेकनाथ गौतमले जानकारी दिए ।

उनका अनुसार अब ४० किलोसम्मका सामान, सुटकेस, ब्याग, झिटीगुम्टामा लगेज टोकन अनिवार्य गर्नुपर्ने छ । यो छोटो तथा लामो दूरीका सवारी साधनमा अनिवार्य गर्न महासंघले भनेको छ ।

टोकनमा बुकिङ गर्ने कर्मचारी, चालक र कम्पनीको नाम उल्लेख गर्नुपर्ने समेत परिपत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?