+
+
Shares

राजदूत हुन अंग्रेजी भाषा जान्नैपर्ने

वैदेशिक सहायताबाट सञ्चालित संस्थामा काम गर्ने अयोग्य

सरकारले राजदूत हुनका लागि अब अंग्रेजी भाषा जानेकै हुनुपर्ने र विदेशी मुलुकको जागिरे भए जागिर छोडेको १० वर्ष पूरा भएकै हुनुपर्ने मापदण्ड तय गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १४ गते १९:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले राजदूत नियुक्तिका लागि अङ्ग्रेजी भाषा अनिवार्य र विदेशी जागिर छाडेको १० वर्ष पूरा भएको हुनुपर्ने मापदण्ड तोकेको छ ।
  • अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत व्यक्ति र प्रस्तावित मुलुकमा स्वार्थ बाझिनेहरू राजदूत नियुक्तिका लागि योग्य नहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
  • सम्बन्धित विषयमा स्नातकोत्तर गरेका तथा कूटनीतिक वा उच्च सरकारी तहमा नेतृत्वदायी भूमिका खेलेका उम्मेदवारलाई नियुक्तिका लागि प्राथमिकता दिइनेछ ।

१४ जेठ, काठमाडौं । सरकारले राजदूत हुनका लागि अब अंग्रेजी भाषा जानेकै हुनुपर्ने र विदेशी मुलुकको जागिरे भए जागरी छोडेको १० वर्ष पुरा भएकै हुनुपर्ने मापदण्ड तय गरेको छ । नियुक्तिका लागि पहिलोटक गरेको खुला आह्वानमामा राजदूतका लागि चाहिने न्यूनतम योग्यताहरू निर्धारण गरिएको छ ।

अंग्रेजी भाषा बाहेक सम्बन्धित मुलुकको भाषा पनि जान्ने व्यक्ति भए त्यसलाई थप प्राथमिकता दिने उल्लेख छ । यदी कुनै व्यक्ति १० वर्ष यता कुनै विदेशी जागिरमा रहेको भए त्यस्तो व्यक्तिले राजदूत हुन पाउने छैनन् ।

प्रस्तावित मुलुकमा कुनै प्रकारको स्वार्थ नबाझिएको हुनुपर्नेछ । अन्तर्राष्ट्रिय वा विदेशी सहायताबाट सञ्चालित गैरसरकारी संस्थामा हाल कार्यरत रहेका व्यक्तिले पनि राजदूतका लागि दरखास्त दिन पाउने छैनन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीति शास्त्र, कानुन, अर्थशास्त्र वा जनप्रशासनमा स्नातकोत्तर गरेको, कूटनीतिक वा उच्च सरकारी तथा कर्पोरेट तहमा नेतृत्वदायी भूमिका निर्वाह गरेको, र प्रस्तावित देशको भाषा जानेका उम्मेदवारलाई प्राथमिकता दिइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?