+
+
Shares

कुवेतमा ड्रोन र मिसाइलबाट हमला, सरकारले भन्यो– इरान जिम्मेदार

यसअघि इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर(आईआरजीसी)ले जहाँबाट इरानमाथि हमला भएको थियो, तिनै अमेरिकी सैन्य अड्डामा निसाना बनाएको दाबी गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १४ गते २०:४२

१४ जेठ, काठमाडौं । कुवेतमा बिहीबार बिहान ड्रोन र मिसाइलमार्फत हमला भएको छ । उक्त हमलाका लागि कुवेत सरकारले इरान जिम्मेवार रहेको दाबी गरेको छ ।

कुवेतको विदेश मन्त्रालयले एक वक्तव्य जारी गरेर इरानी हमलाको निन्दा गर्दै गम्भीर तनाव बढाउने घटना भनेर टिप्पणी गरेको छ । उक्त हमलाले कुवेतको सम्प्रभुता र राष्ट्रिय सुरक्षाको उल्लंघन भएको कुवेतले भनेको छ ।

यस्तै वक्तव्यमा यी हमला तत्काल रोक्न पनि अपिल गरिएको छ । ‘यी हमलामा पूरा तवरले तेहरान जिम्मेदार छ । यस्ता हमला तत्काल बिनासर्त रोक्न आग्रह छ,’ वक्तव्यमा भनिएको छ ।

यसअघि इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर(आईआरजीसी)ले जहाँबाट इरानमाथि हमला भएको थियो, तिनै अमेरिकी सैन्य अड्डामा निसाना बनाएको दाबी गरेको थियो ।

यद्यपि उसले कुन देशमा रहेका अमेरिकी अड्डामा हमला गरिएको हो भनेर खुलाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?