+
+
Shares

चिनियाँ फिल्म निर्मातालाई नेपालमा छायांकनको लागि आउन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १२:३६
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल र चीनको कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सवमा चीनको हुनानमा ‘२०२६ नेपाल एभरेष्ट फिल्म फेस्टिभल’ सफलतापूर्वक सम्पन्न भएको छ ।
  • महोत्सवमा कबड्डी ४, छक्का पञ्जा ५, महाजात्रा, अञ्जिला, तेल भिसा र होस्टेल ३ गरी ६ वटा उत्कृष्ट नेपाली चलचित्र प्रदर्शन गरिएका छन् ।
  • चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले चिनियाँ निर्माताहरूलाई नेपालमा चलचित्र छायाङ्कनका लागि आमन्त्रण गर्दै पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

काठमाडौं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७१औँ वार्षिकोत्सवको अवसर पारेर चीनको हुनान प्रान्तमा ‘२०२६ नेपाल एभरेष्ट फिल्म फेस्टिभल’ सफलतापूर्वक सम्पन्न भएको छ ।

‘उज्यालो र छायाँ मिल्छन्, पहाडहरू एकसाथ चम्कन्छन्’ (छाया र छविको संगम, हिमालको साझा चमक) भन्ने मूल नाराका साथ अप्रिल १४ देखि १९ सम्म हुनानका दुई प्रमुख सहरहरू छाङ्शा र हेङयाङमा यो महोत्सव आयोजना गरिएको हो ।

चीनमा नेपाली फिल्मको पहिलो वृहत स्तरको आधिकारिक प्रदर्शन बताइएको यस महोत्सवले दुई देशबीचको सांस्कृतिक र चलचित्र आदानप्रदानमा ऐतिहासिक कोशेढुङ्गा कायम गरेको छ ।

चिनियाँ दर्शकमाझ नेपालको अद्वितीय हिमाली परिदृश्य, संस्कृति र मानवीय संवेदनालाई प्रस्तुत गर्न महोत्सवमा ६ वटा उत्कृष्ट र अत्यधिक रुचाइएका नेपाली फिल्म छनोट गरिएका थिए । जसमा कबड्डी ४, छक्का पञ्जा ५, महाजात्रा, अञ्जिला, तेल भिसा र होस्टेल ३ रहेका छन् ।

आयोजकका अनुसार प्रदर्शित यी मध्ये कुनै दुई फिल्मलाई चिनियाँ फिल्म हल वा ओटीटी प्लेटफर्ममार्फत बजार व्यवस्थापन गरिनेछ । यसको अन्तिम निर्णय हुन केही समय लाग्ने चिनियाँ पक्षले जनाएको छ ।

नेपाली नयाँ वर्ष २०८३ को अवसरसँग जुराएर अप्रिल १४ मा छाङ्शामा उद्घाटन समारोह आयोजना गरिएको थियो । समारोहमा हुनान प्रान्तीय कमिटीका पदाधिकारी, सिसिपीटी, सियाओसियाङ फिल्म ग्रुप र प्रान्तीय चलचित्र उद्योगका प्रतिनिधिको बाक्लो उपस्थिति थियो ।

यसबारे जानकारी दिन काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरियो । सो अवसरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले दुई देशको ऐतिहासिक मित्रताको चर्चा गर्दै चिनियाँ निर्मातालाई नेपालमा छायाङ्कनका लागि आमन्त्रण गरे ।

उनले यसका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै ‘चलचित्र पर्यटन’ को अवधारणा अगाडि सारे । त्यसैगरी, एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभलका अध्यक्ष करूण थापाले महोत्सवलाई चिनियाँ बजारमा नेपाली चलचित्र प्रवेश गर्ने र सह-निर्माणको ढोका खोल्ने महत्वपूर्ण माध्यमको रूपमा रहेको बताए ।

चिनियाँ पक्षका तर्फबाट अध्यक्ष जियाङ बोले सन् २०२१ देखिको दुई वर्षभन्दा बढीको अथक प्रयासपछि महोत्सवले पूर्णता पाएको स्मरण गर्दै यसलाई विश्वव्यापी मञ्चमा लैजाने सांस्कृतिक सेतुको रूपमा वर्णन गरे । सियाओसियाङ फिल्म ग्रुपका प्रतिनिधि ली चेङले दुई देशबीच चलचित्र सहकार्य, प्रतिभा विकास र बजार प्रवद्र्धनमा आफ्नो समूहले ‘नाविक’को भूमिका खेल्ने प्रतिज्ञा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?