News Summary
Generated by OK AI. Editorially reviewed.- चिकित्सा शिक्षा आयोगको रिक्त उपाध्यक्ष पदका लागि पूर्वउपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी र पूर्वसचिव डा. रोशन पोखरेलसहित १० जनाको दरखास्त परेको छ ।
- सिफारिश समितिले आगामी २६ जेठमा कार्ययोजना प्रस्तुतीकरण र २७ जेठमा अन्तर्वार्ताका लागि समय तोकेको छ ।
- प्रधानमन्त्रीले अर्को व्यवस्था नहुँदासम्मका लागि प्राडा श्रीकृष्ण गिरीलाई आयोगको उपाध्यक्ष पदमा रही कामकाज गर्ने जिम्मेवारी दिनुभएको छ ।
१५ वैशाख, काठमाडौं । चिकित्सा शिक्षा आयोगको रिक्त उपाध्यक्ष पदका लागि १० जनाको दरखास्त परेको छ । उपाध्यक्ष पदमा नियुक्तीका लागि नाम सिफारिस गर्न गठित समितिका अनुसार दरखास्तका लागि तोकिएको अवधी १० जनाको दरखास्त परेको छ ।
यसअघि चार वर्ष उपाध्यक्ष भएर काम गरेका प्राडा श्रीकृष्ण गिरीले पनि दरखास्त हालेका छन् । तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व सचिव डा. रोशन पोखरेलले पनि दरखास्त दिएका छन् ।
त्यसैगरी प्राडा गेहनाथ बराल, प्राडा दिनेशकुमार लम्साल, प्राडा दीपेन्द्र श्रेष्ठ, प्राडा देवेन्द्रबहादुर खत्री र सह प्राडा प्रमोदकुमार यादव, प्राडा सञ्जयकुमार श्रेष्ठ, प्राडा सुरज बज्राचार्य र प्राडा शैलेश प्रधानले पनि आवेदन दिएका छन् ।
समितिले उनीहरूलाई कार्ययोजनासहितको सोचपत्रको प्रस्तुतीकरण तथा अन्तर्वार्ता कार्यक्रममा सहभागी हुन आउनु भन्दै समय तोकेको छ ।
समितिले २६ जेठका दिन कार्ययोजनाको प्रस्तुती दिन र २७ जेठका दिन अन्तर्वार्ताका लागि तयार हुन समय तोकेको छ ।
गत १९ वैशाखमा अध्यादेशबाट १२ चैत अघि नियुक्ति हटाउने अध्यादेश ल्याउँदा त्यसबेला आयोगका उपाध्यक्ष रहेका प्राडा अञ्जनीकुमार झा हट्नु परेको थियो ।
प्राडा गिरीलाई भने सोमबार मात्रै प्रधानमन्त्री एवं आयोगका अध्यक्ष बालेन शाहले अर्को व्यवस्था नहुँदासम्मका लागि भन्दै उपाध्यक्ष पदमा रही कामकाज गर्न नियुक्ति दिएका छन् ।
डा. गिरीले मंगलबारबाट नै आफ्नो कामकाज गर्न थालिसकेका छन् ।

प्रतिक्रिया 4