News Summary
Generated by OK AI. Editorially reviewed.- आगामी आर्थिक वर्षका लागि सरकारले उद्योग तथा वाणिज्य मन्त्रालयलाई ८ अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
- बजेट औद्योगिक विकास, व्यापार विस्तार, निर्यात प्रवर्द्धन, औद्योगिक पूर्वाधार विकास र लगानीमैत्री वातावरण निर्माणमा केन्द्रित हुने उल्लेख छ ।
- सरकारले आन्तरिक उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन र निर्यात विस्तार गर्ने लक्ष्य राखेको छ ।
१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले उद्योग तथा वाणिज्य मन्त्रालयका लागि ८ अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै औद्योगिक विकास, व्यापार विस्तार र निर्यात प्रवर्द्धनलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको बताए ।
विनियोजित बजेट औद्योगिक पूर्वाधार विकास, लगानीमैत्री वातावरण निर्माण, लघु तथा मझौला उद्योग प्रवर्द्धन तथा स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाउने कार्यक्रममा खर्च गरिने बजेटमा उल्लेख छ ।
सरकारले आन्तरिक उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन र निर्यात विस्तार गर्ने लक्ष्य राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4