News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले आगामी आर्थिक वर्ष २०८३–२०८४ को बजेटमार्फत संगीत, कला र साहित्यको अध्ययन र पठनपाठनलाई देशभर प्रवर्धन गर्ने घोषणा गरेको छ ।
- अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषणमा आदिवासी संस्कृति संगीतको समेत प्रवर्धन र विकास गरिने उल्लेख गरे।
१५ जेठ, काठमाडौं । सरकारले संगीत, कला र साहित्यको अध्ययन र पठनपाठनलाई देशभर प्रवर्धन गर्ने जनाएको छ । संसदमा आर्थिक वर्ष २०८३/२०८४ को बजेट पेश गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले उक्त कुरा बताएका हुन् ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले भने, ‘संगीत, कला र साहित्य सम्बन्धी अध्ययनलाई देशैभर प्रवर्धन गरिने । राजगुठी दर्ता लगतमा रहेको त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा गुठी रिसर्च इन्स्टिच्युट एवम एथ्नो म्युजिकोलोजी सेन्टर स्थापनाका लागि सहयोग गर्नेछौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4