+
+
Shares

प्रहरी र सशस्त्रको सेवा र पेन्सन अवधि पुनरावलोकन गर्न अध्ययन गरिने

प्रहरी तथा सशस्त्रको ३० वर्षे सेवा अवधि हट्नु पर्ने, र जवान हवल्दारसम्मका दर्जाहरुले सेवा प्रवेश गरेको १६ वर्षमै पेनसन हुने व्यवस्था गर्न माग उठ्दै आएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १८:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सेवा अवधि र निवृत्तिभरण सुरु हुने अवधिको विद्यमान अन्तरबारे अध्ययन गरिने भएको छ ।
  • “नेपाल प्रहरी र सशस्त्र प्रहरीको अवकाश सेवा अवधि र निवृत्त भरण (पेनसन) सुरु हुने अवधिका बीच रहेको विद्यमान अन्तर पुनरावलोकन गर्ने विषयमा अध्ययन गरिनेछ ।”
  • सुरक्षाकर्मीहरूले ३० वर्षे सेवा अवधि हटाउनुपर्ने र १६ वर्षमै निवृत्तिभरण पाउनुपर्ने माग गर्दै आएका छन् ।

१५ जेठ, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सेवा अवधि र निवृत्त भरण सुरु हुने अवधिका बारेमा अध्ययन हुने भएको छ ।

आर्थिक वर्ष २०८३-८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लले उक्त कुरा बताएका हुन् । ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीको अवकाश सेवा अवधि र निवृत्त भरण (पेनसन) सुरु हुने अवधिका बीच रहेको विद्यमान अन्तर पुनरावलोकन गर्ने विषयमा अध्ययन गरिनेछ’ वाग्लेले भने ।

प्रहरी तथा सशस्त्रको ३० वर्षे सेवा अवधि हट्नु पर्ने, र जवान हवल्दारसम्मका दर्जाहरुले सेवा प्रवेश गरेको १६ वर्षमै पेनसन हुने व्यवस्था गर्न माग उठ्दै आएको छ । पहिलो १६ वर्षमै पेनसन हुन अवस्थालाई बढाएर अहिले २० वर्ष पु याइएको छ । २० वर्ष सेवा गरेका प्रहरीले जागिर छाडेको अवस्थामा मात्रै पेनसन पाउँछन् ।

त्यही २० वर्षलाई घटाएर १६ मा झार्नुपर्ने तल्लो दर्जाका सुरक्षाकर्मीको माग छ । यता माथिल्लो दर्जाले भने ३० वर्षे सेवा अवधि हटाएर उमेर र पदावधिका कारण मात्रै अवकाश हुने व्यवस्था मिलाउनुपर्ने माग गर्दै आएका छन् ।
वाग्लेले प्रस्तुत गरेको विषयअनुसार अब यी मागहरुका बारेमा अध्ययन हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?