News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत स्टार्टअप, साना तथा मझौला उद्यमलाई सहज बनाउन \'नेपाल इन्टरप्राइज फेसिलिटी\' स्थापना गर्ने भएको छ ।
- यो प्लेटफर्मले उद्यमसम्बन्धी नीतिगत व्यवस्था गर्नुका साथै नवीन वित्तीय उपकरणको पहिचान र पहुँचसहित स्टार्टअपलाई सहयोग सञ्जालमा जोड्ने अर्थमन्त्री वाग्लेले बताए ।
- अर्थमन्त्री वाग्लेले भने, \'कृषि एवं पशुजन्य उद्यम गर्न चाहने एक हजार युवा उद्यमीलाई स्टार्टअप सुविधा उपलब्ध गराउने छौँ ।\'
१५ जेठ, काठमाडौं । सरकारले स्टार्टअप र साना तथा मझौला उद्यमलाई सहज बनाउन एकीकृत प्लेटफर्म बनाउने भएको छ ।
नयाँ आर्थिक वर्षको बजेटमार्फत सरकारले स्टार्टअप, साना तथा मझौला उद्यमलाई राष्ट्रिय उद्यम एकोसिस्टममा आबद्ध गर्ने प्लेटफर्मका रुपमा ‘नेपाल इन्टरप्राइज फेसिलिटी’ स्थापना गर्ने भएको हो ।
अर्थमन्त्री स्वर्णिम वाग्लेका अनुसार, यो प्लेटफर्मले उद्यमसम्बन्धि नीतिगत व्यवस्था गर्नेछ । नवीन वित्तिय उपकरणको पहिचान र पहुँचसहित स्टार्टअप गर्नेलाई इनक्युबेसनसहितको सहयोग सञ्जालमा जोड्नेछ ।
साथसाथै स्वदेशी उद्यम अभियानलाई एकीकृत रुपमा अगाडि बढाउन यो प्लेटफर्मले भूमिका खेल्ने वाग्लेले बताएका छन् । त्यस्तै, स्टार्टअप सुविधा उपलब्ध गराउने बताउँदै वाग्लेले थप भनेका छन्, ‘कृषि एवं पशुजन्य उद्यम गर्न चाहने एक हजार युवा उद्यमीलाई स्टार्टअप सुविधा उपलब्ध गराउने छौँ ।’
प्रतिक्रिया 4