News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले आगामी आर्थिक वर्षदेखि ३५ नगरपालिकाको घरजग्गा कारोबारलाई पहिलो चरणमा एकीकृत गरी अनलाइन प्रणालीमा लैजाने भएको छ ।
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत जग्गा प्रशासनसम्बन्धी एकीकृत सेवा सुरुवात गर्ने घोषणा गर्नुभयो ।
- घरजग्गा कारोबार सहज बनाउन जग्गाधनी संकेत नम्बर जारी गरी रोक्का फुकुवा र राजस्व भुक्तानी अनलाइन प्रणालीमा रूपान्तरण गरिनेछ ।
१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि जग्गा प्रशासनलाई अनलाइन प्रणाली लैजाने भएको छ ।
पहिलो चरणमा सरकारले ३५ नगरपालिकाको घरजग्गा कारोबार एकीकृत गरी अनलाइन प्रणालीमा लैजाने घोषणा गरेको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आवको बजेट मार्फत ३५ नगरपालिकाबाट जग्गा प्रशासन सम्बन्धी एकीकृत सेवा सुरुवात गर्ने घोषणा गरेका हुन् ।
उनले घरजग्गा खरिद-बिक्री सहज बनाउन जग्गाधनी संकेत नम्बर जारी गरी रोक्का फुकुवा, खरिद–बिक्री र राजस्व भुक्तानी अनलाइन प्रणालीमा रूपान्तरण गरिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4