+
+
Shares

ज्ञानेन्द्र शाही भन्छन्- कर्णालीमा केपी ओलीको पालामा भन्दा कम बजेट गयो

सरकारले कर्णालीलाई सधैं गरिब बनाउने नियत राखेको पनि उनले आरोप लगाए । उनले अगाडि भने, ‘कर्णालीलाई सधैं गरिब बनाउने भए यिनीहरूले ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १८:५५

१५ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा यसपटक केपी शर्मा ओलीको सरकारका पालामा भन्दा कम बजेट आएको दाबी गरेका छन् । शुक्रबार बजेट वक्तव्यपछि संसद् परिसरमा पत्रकारसँग कुराकानी गर्दै सांसद शाहीले यस्तो दाबी गरेका हुन् ।

‘अहिले रातो किताब आउन बाँकी छ । तर, अहिले आएको बजेट केपी ओलीको बजेट भन्दा पनि कम आयो,’ सांसद शाहीले भने, ‘यो आरोपको कुरा होइन, यथार्थको कुरा हो ।’

भौतिक पूर्वाधार मन्त्रालयको २८६ अर्बको बजेट आउँदा कर्णाली प्रदेशमा जम्मा चार अर्ब रुपैयाँ मात्रै रहेको उनले बताए ।

‘एक अर्ब नाग्मदेखि गमगढीसम्मको कालोपत्रेका लागि, जबकि ९१ करोड यसअघि हामीले लगिसकेको बजेट हो, सरकार बन्नुअघि । बाँकी रहेको तीन अर्ब कर्णाली करिडोरलगायत अन्य ठाउँमा गरेर,’ उनले भने ।

सरकारले कर्णालीलाई सधैं गरिब बनाउने नियत राखेको पनि उनले आरोप लगाए । उनले अगाडि भने, ‘कर्णालीलाई सधैं गरिब बनाउने भए यिनीहरूले ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?