+
+

आज सर्वदलीय वैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २० गते १:३२

meeting-between-three-dal२० असोज, काठमाडौ । संविधानका विवादित विषयमा सहमति गर्न सोमवार अपरान्ह सर्वदलीय वैठक बस्ने भएको छ ।

अपरान्ह ४ बजेका लागि बोलाइएको सर्वदलीय वैठकमा संविधानसभामा प्रतिनिधित्व गरेका ३१ दलकै सहभागिता रहने संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा.बाबुराम भट्टराईले जानकारी दिए ।

विवादित विषयमा सहमति गर्न भन्दै पटक पटक बसेको प्रमुख तीन दलको वैठक सहमतिमा पुग्न नसकेपछि सर्वदलीय वैठक बोलाइएको हो । सर्वदलीय वैठक बस्नु अघि सोमवार दिउासो ३ बजे पुनः बस्ने नेताहरुले बताएका छन् । प्रमुख तीन दलको विहान बसेको वैठक पनि विना निश्कर्ष टुङ्गएिको थियो ।

संसद सचिवालय सिंहदरबारमा सोमवार विहान बसेको बैठकमा पनि तीन दलका नेताहरुले आ-आफ्नै अडान नछाडेपछि वैठक निश्कर्षमा पुग्न नसकेको वैठकमा सहभागी नेताहरुले बताए । वैठक निश्कर्षमा पुग्न नसकेपछि दिउासो तीन बजे पुनः बस्ने भन्दै तीनै दलका नेताहरु बाहिरिएका थिए ।

संविधानसभा अन्तर्गत रहेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सोमवार विहान बसेको वैठले समिति मातहतको उपसमितिको म्याद थप गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?