+
+
Shares

रास्वपाकै सांसदहरूले आशिका तामाङलाई संसद् बैठकबाट बाहिर निकाले

सभामुख अर्यालले मर्यादा बाहिर गएर गतिविधि गरेको भन्दै सांसदहरू ऐन महर, ध्रुबराज राई र आरेन राईलाई चेतावनी दिएका थिए । त्यसैक्रममा सत्तारुढ सांसद आशिका तामाङले प्रतिवादमा आवाज उठाएकी थिइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते १४:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन शाहले सांसदहरूको जवाफ दिन समय लिएपछि विपक्षी सांसदहरूले प्रक्रियाबारे प्रश्न उठाउँदै आपत्ति जनाएका छन्।
  • सभामुख डीपी अर्यालले संसद् बैठकमा मर्यादा बाहिर गएर गतिविधि गर्ने तीन जना सांसदलाई चेतावनी दिनुभएको छ।
  • आक्रामक रूपमा प्रतिवाद गर्न खोजेपछि रास्वपाकी सांसद आशिका तामाङलाई उनकै दलका सांसदहरूले बैठक हलबाट बाहिर निकालेका छन्।

१७ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षीहरूले आपत्ति जनाइरहँदा केही असहज स्थिति सिर्जना भएको छ ।

प्रधानमन्त्री बालेन शाहले आकस्मिक समय लिएर सांसदहरूको जवाफ दिन बैठकमा उपस्थिति भएपछि विपक्षीहरूले प्रक्रियाबारे प्रश्न उठाएका थिए । तर सभामुख डीपी अर्यालले आपत्ति जनाउने सांसदहरूलाई समय नदिएपछि चर्काचर्की चलेको थियो ।

सभामुख अर्यालले मर्यादा बाहिर गएर गतिविधि गरेको भन्दै सांसदहरू ऐन महर, ध्रुबराज राई र आरेन राईलाई चेतावनी दिएका थिए । त्यसैक्रममा सत्तारुढ सांसद आशिका तामाङले प्रतिवादमा आवाज उठाएकी थिइन् ।

आक्रमक शैलीमा प्रतिवाद गर्न खोजेपछि उनलाई रास्वपाकै सांसदहरूले बैठक हलबाट बाहिर निकालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?