+
+
Shares

कांग्रेसमा समाहित भयो सद्भावना पार्टी

आइतबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रम गरी पार्टी सभापति गगन थापा र सद्भावना पार्टीका अध्यक्ष अनिल झाबीच हस्ताक्षर भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते १४:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सद्भावना पार्टी नेपाली कांग्रेसमा समाहित भएको छ ।
  • सानेपामा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगन थापा र सद्भावना पार्टीका अध्यक्ष अनिल झाबीच समायोजन सहमतिमा हस्ताक्षर भएको छ ।

१७ जेठ, काठमाडौं । राष्ट्रिय सद्भावना पार्टी नेपाली कांग्रेसमा समाहित भएको छ । आइतबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रम गरी पार्टी सभापति गगन थापा र सद्भावना पार्टीका अध्यक्ष अनिल झाबीच हस्ताक्षर भएको हो ।

झा यसअघि फागुन २१ गतेको निर्वाचनमा रौतहट १ मा नेपाली कांग्रेसको तर्फबाटै उम्मेदवार बनेका थिए । समायोजन सहमति कार्यक्रममा सभापति थापा, झा, कांग्रेस महामन्त्री प्रदीप पौडेललगायत नेताहरूको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?