+
+
Shares

नेपालले भारतको जमिन मिचेको प्रधानमन्त्रीको अभिव्यक्तिमा कांग्रेसले खोज्यो तथ्य

‘सम्माननीय प्रधानमन्त्रीले ‘नेपालको तर्फबाट पनि भारतको भूमि मिचिएको रहेछ’ भन्नुभयो ।  यहाँ कहाँनेर मिचिएको हो यसबारे छिटो भन्दा छिटो अवगत गराइयोस्’ थापाले भनेकी छन्, ‘यो गम्भीर विषय हो । प्रधानमन्त्रीले दुई देशको सीमाबारे बोलेको यो सत्य हो भने राखिनपर्‍यो । यदि यो सही होइन भने रेकर्डबाट हटाइयोस् ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते १४:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले भारतको जमीन मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रष्टता खोजेको छ ।
  • प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले नेपालले पनि भारतको जमीन मिचेको बताएपछि यो विषय विवादमा आएको हो ।
  • कांग्रेस प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्रीको अभिव्यक्ति सत्य भए तथ्य सार्वजनिक गर्न र असत्य भए संसदको रेकर्डबाट हटाउन माग गरिन् ।

१७ जेठ, काठमाडौं । नेपालले पनि भारतको जमिन मिचेको प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रष्टता खोजेको छ । यो विषय तथ्य सहित आउनुपर्ने उसको आग्रह छ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।

त्यसक्रममा उनले भनेका थिए, ‘म प्रधानमन्त्री भएपछि थाहा पाएको भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको रहेछ ।’ सीमा विवादको विषयमा दुईपक्ष बसेर हेर्ने पनि उनको प्रतिबद्धता थियो ।

यसमा कांग्रेकी प्रमुख सचेतक वासना थापाले प्रष्टता खोजेकी हुन् ।

‘सम्माननीय प्रधानमन्त्रीले ‘नेपालको तर्फबाट पनि भारतको भूमि मिचिएको रहेछ’ भन्नुभयो ।  यहाँ कहाँनेर मिचिएको हो यसबारे छिटो भन्दा छिटो अवगत गराइयोस्’ उनले भनेकी छन्, ‘यो गम्भीर विषय हो । प्रधानमन्त्रीले दुई देशको सीमाबारे बोलेको यो सत्य हो भने राखिनपर्‍यो । यदि यो सही होइन भने रेकर्डबाट हटाइयोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?