+
+
Shares

पूँजीगत लाभकर विषयमा अर्थमन्त्रीले भने- फाइनल नै हो

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते १८:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बजेटले सेयर बजारको पूँजीगत लाभकर अन्तिम हुने बताए पनि आर्थिक विधेयकले वार्षिक ४० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्नेलाई आय विवरण बुझाउन अनिवार्य गरेको छ ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयरको पूँजीगत लाभकर अन्तिम भएको उल्लेख गर्दै विधेयकमा विरोधाभास भए सच्याउन तयार रहेको बताए ।
  • लगानीकर्ताकै आग्रहमा पूँजीगत लाभकरको दरलाई क्रमशः साढे ७ प्रतिशत र १० प्रतिशत कायम गरी अन्तिम बनाइएको दाबी उनले गरे ।

१७ जेठ, काठमाडौं । बजेटको एक लाइनमै धितोपत्रको दोस्रो बजारमा तिरिने पूँजीगत लाभकर अन्तिम भनेर व्याख्या गरियो । यो बुँदाले पूँजी बजारबाट जतिसुकै रकम नाफा गरे पनि त्यसमा तिरिएको लाभकर अन्तिम भन्ने बुझाउँछ ।

यो व्याख्यालाई अझ प्रष्ट पार्ने आर्थिक विधेयकले भने वार्षिक ४० लाख रुपैयाँसम्मको पूँजीगत लाभकर अन्तिम हुने आशय गरेको छ । वार्षिक ४० लाखभन्दा बढी आम्दानी गर्नेले आय विवरण अनिवार्य बुझाउनुपर्ने व्यवस्था छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट सार्वजनिकपछि आयोजना गरेको पत्रकार सम्मेलनमा पनि यो विषयलाई सम्बोधन गर्न खोजे तर विधेयकअनुसार प्रष्ट पार्न सकेनन् ।

४० लाखको विषयमा केही अन्योलता देखिएको उनले स्वीकारे । ‘तपाईको सेयरबाट आएको आम्दानी फाइनल नै भयो, अरु १० ठाउँमा कन्सल्ट गर्नुहुन्छ, २० ठाउँमा व्यवसाय गर्नुहुन्छ भने एउटा फारम त भर्नुहोला नि, त्यहीं लेख्न पाइहाल्नुहुन्छ नि- सेयरबाट आएको यो लाभ जसबाट करमा कट्टी गर्नु भनेर, त्यो स्वतः देखिन्छ, करमाथि कर लाग्ने कुनै गुन्जायस छैन’ उनले भने ।

यदि अझै केही विरोधाभाष रहेछ भन्ने आफू सच्याउन तयार रहेको उनले बताए । ‘गल्ती भयो, हाम्रो नियतलाई बंग्याइयो भने आउनुस् न सच्याइहाल्छौं नि हामी’ उनले भने ।

तर आफूले त्यसमा प्रष्ट्याउनुपर्ने कुरा नदेखेको उनको भनाइ छ । उनले पूँजीगत लाभकर फाइनल नै भनेर पटक पटक दोहोर्‍याए । लगानीकर्ताले वर्षमा जतिसुकै नाफा भए पनि त्यो नाफाबाट तिरेको पूँजीगत लाभकर अन्तिम हुनुपर्ने माग गर्दै आएका थिए ।

‘पूँजीगत लाभकरलाई फाइनल गर्दिनुस्, हामी ५ प्रतिशत विन्दु अतिरिक्त तिर्न तयार छौं भनेर लाइन लागेर मकहाँ डेलिगेसन आउने साथीहरु यहीं सिंहदरबारबाहिर हुनुहुन्छ’ उनले भने ‘फाइनल गर्दिनुस् यो तरबार सधैं हामीमाथि झुण्डी नरहोस् भन्नुभयो ।’

पूँजीगत लाभकर बढाए पनि अन्तिम भनेर घोषणा गर्न लगानीकर्ताले गरेको आग्रहलाई आफूले बजेटमा सम्बोधन गरेको उनले बताए । लगानीकर्ताले अल्पकालीन पूँजीगत लाभकर ५ लाई १० नै पुर्‍याए पनि साढे ७ लाई १२/१५ पुर्‍याएपछि फाइनल गरिदिन तर भयको वातावरण हटाउन भनेर आफूलाई आग्रह गरेको उनले दाबी गरे ।

‘अझ हामीले बढो उदारतापूर्वक ५ लाई साढे ७ प्रतिशत र साढे ७ लाई जम्मा १० प्रतिशत गरेर फाइनल (सिल्ड) गर्‍यौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?